शुक्रबार, १४ वैशाख २०८१

‘सवै जातजातीलाई न्याय हुने गरी संविधान संशोधन गर्न सहमतिको प्रयास जारी छ ’

समयपोष्ट २०७३ असोज १७ गते ७:२५


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवै जातजातीलाई न्याय हुने गरी संविधान संशोधन गर्न सहमतिको प्रयास भइरहेको बताएका छन् ।

Advertisement

सोमबार सर्वदलीय, सर्वपक्षीय मगर प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले प्रचण्डले संघीयतामा अरु कुरा आधारभूत रुपमा मिलेको भन्दै यसपटक मधेश, थारु र मगरहरुलाई न्याय हुने गरी संविधान संशोधनमा सहमतिको प्रयास भइरहेको बताए का हुन् ।

प्रधानमन्त्रीले हिमाल, पहाड र तराई सबैको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियाशील रहेको बताए ।

भेटमा मगर प्रतिनिधिहरुले स्वायत्त मगराँत प्रदेशको व्यवस्था, समावेशी, समानुपातिक प्रतिनिधित्व, गाउँपालिका र नगरपालिका निर्माणमा सामुदायिक सघनताका आधारमा हुनुपर्ने,
 

आदिबासी जनजातिका प्रथाजन्य कानूनहरुलाई वैधानिकता दिनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री