बिहीबार, ६ वैशाख २०८१

प्रबुद्ध समूह (ईपीजी)को बैठक मंगलबारदेखि नयाँदिल्लीमा शुरु हुँदै

समयपोष्ट २०७३ असोज १७ गते ६:००


काठमाडौं । नेपाल भारत प्रबुद्ध समूह  (ईपीजी) को बैठक मंगलबारदेखि नयाँदिल्लीमा शुरु हुँदैछ ।

Advertisement

बैठकमा सहभागी हुन नेपाली टोली सोमबार नयाँदिल्ली प्रस्थान गरेको छ ।

ईपीजीको नयाँ दिल्ली बैठकमा नेपालले १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने तयारी गरेको छ ।

१९५० को सन्धिबारे पटक,पटक कुरा उठेपनि कुनै निष्कर्षमा पुग्ने गरेको छैन ।

भारतीय पक्षले सन्धि पुनरावलोकनका लागि आफू तयार रहेको भन्दै नेपालले के संशोधन चाहेको प्रस्ताव ल्याउनु पर्ने बताउँदै आएको छ । तर, नेपालले प्रस्ताव राखेको छैन ।

यो पटक भने ईपीजी बैठकमा यसबारे प्रस्ताव लैनाने नेपाली टोलीको तयारी रहेको छ । १९५० सन्धी लगायत सबै विषयमा अध्ययन गरी प्रतिवेदन दिन प्रबुद्ध समूह गठन गरिएको हो ।

प्रबुद्ध टोलीमा नेपालका तर्फबाट पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा संयोजक तथा पूर्वमन्त्री निलाम्बर आचार्य, सांसद राजन भट्टराई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय रहेका  छन् ।

भारतको तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्र पी लामा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री