शुक्रबार, १६ चैत २०८०

आजदेखि उपत्यकाका सबै ट्राफिक प्रहरीहका सवारी साधनमा ड्यास बोर्ड क्यामेरा जडान गरियो

समयपोष्ट २०७३ असोज १६ गते ८:०४

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सबै ट्राफिक प्रहरीहरुका सवारी साधनमा ड्यास बोर्ड क्यामेरा जडान गरेको छ ।

Advertisement

आजदेखि सञ्चालनमा ल्याइएको सो  क्यामेरा ट्राफिक प्रहरीको आखाँ छलेर गल्ती गर्नेको लागि प्रमाण हुने साथै सडक अनुशासन कायम गर्न सहयोगी हुने  ट्राफिक महाशाखाले जनाएको छ ।

यी क्यामेराले सडकमा गुडिरहेकाको गाडीको गतिका साथै सडकको छेउमा पार्किङ गरेर राखेका र सडकमा बाटो काट्नेहरुको निगरानी गर्ने छ । यो सबै काम भिडियो रेकर्डबाट हुने छ ।

ट्राफिक प्रहरीले पहिला प्रयोगमा ल्याएका क्यामेराहरुले एउटै ठाँउको  मात्र रेकर्ड राख्दथे । 

हाल जडान गरिएका क्यामेरा ट्राफिक प्रहरीको गाडीमा हुने हुँदा यसले  सबै ठाँउको गतिबिधि रेकर्ड गरिरहेको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री