शुक्रबार, १४ वैशाख २०८१

कतै तपाईमा यस्ता लक्षण त छैन ? ‘लङ कोभिड’ हुनसक्छ

समयपोष्ट २०७७ कार्तिक १४ गते १६:५६

Advertisement

दीर्घ कोभिड अर्थात् लामो समय कोरोना संक्रमणको असर रहिरने अवस्थाकामा वैज्ञानिकले विभिन्न अनुसन्धान गरिरहेका छन्।

किङ्स कलेज लन्डनले गरेको अनुसन्धानअनुसार कोरोना संक्रमण भएको पहिलो हप्तामा पाँचभन्दा बढी लक्षण देखिनु दीर्घ कोभिडका संकेत हुन सक्छन्।

अनुसन्धानअनुसार संक्रमणको पहिलो हप्ता थकान, टाउको दुख्ने, सास लिन गाह्रो हुने, आवाज पनि भारी हुने, मांसपेशी र शरीर दुख्नेजस्ता लक्षण देखिए भने लङ कोभिड अर्थात् दीर्घ कोभिड हुने खतरा हुन्छ।

अनुसन्धानकर्ताका अनुसार कोरोना संक्रमण भएको ४ देखि ८ हप्तासम्म पनि सञ्चो भएन भने बिरामीलाई दीर्घ कोभिड हुने खतरा हुन्छ।

बेलायतका वैज्ञानिकले कोरोनाबाट संक्रमित ४० हजार मानिसमा अनुसन्धान गरेका थिए। जसमा बेलायत र स्विडेनका बिरामी सहभागी थिए। तीमध्ये २० प्रतिशत संक्रमितले एक महिनासम्म पनि राम्रोसँग निको हुन नसकेको बताएका थिए।

यस्तै १ सय ९० बिरामीमा भने ८ देखि १० हप्तासम्म लगातार कोरोनाका लक्षण देखिएको पाइयो। यसैगरी सय जना बिरामीले संक्रमणको १० हप्तासम्म पीडा भएको बताए।

अनुसन्धानकर्ताको दाबी छ– यी घटना नै लामो समयसम्म कोभिडको असर हुन्छ भन्ने कुराका प्रमाण हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री