बिहीबार, २० वैशाख २०८१

कोरोनाबारे अक्सफर्डको रिसर्च : संक्रमणमुक्त भएकाको यी अंगहरुमा गम्भिर असर,६४ प्रतिसत्मा श्वासप्रश्वासमा समस्या

समयपोष्ट २०७७ कार्तिक ६ गते ८:५०

Advertisement

कोरोना भाइरस संक्रमण निको भएका ६४ प्रतिसत् बिरामीहरुमा धेरै दिनसम्म भाइरसको असर देखिरहने एक अध्ययनले जनाएको छ ।

निको भएका बिरामीहरुमा श्वासप्रश्वासमा समस्या,थकान,बेचैनी र डिप्रेसन देखिन अध्ययनमा भनिएको छ । अक्सफर्ड युनिभर्सिटिले गरेको एक रिसर्चमा कोरोना भाइरस संक्रमणबाट मुक्त भैसकेपछि दुई तीन महिनापछि मानिसहरुमा यस किसिमको समस्या देखिन्छ । रिसर्चका अनुसार ६४ प्रतिसत् बिरामीहरुमा श्वासप्रश्वास समस्या देखिएको छ भने ५५ प्रतिसत् मानिसमा धेरै थकाई लाग्ने समस्या देखिएको छ ।

रिसर्चका अनुसार एम आर आईबाट करीब ६० प्रतिसत् यस्ता बिरामीको फोक्सो असामान्य देखियो भने २९ प्रतिसत् मानिसहरुको मिर्गौलामा समस्या देखियो । त्यस्तै २६ प्रतिसत्को मुटुमा र १० प्रतिसत्को कलेजोमा समस्या देखियो । ऑक्सफोर्ड यूनिवर्सिटीका रेडक्लिफ डिपार्टमेंट ऑफ मेडिसिनका डॉक्टर बैटी रमनका अनुसार कोरोना संक्रमणबाट मुक्त भैसकेपछि पनि बिरामीले पुन: एक पटक शारिरिक जाँच गराउन अनिवार्य छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री