बुधबार, १२ वैशाख २०८१

पुरुषले दुई महिलासँग विवाह गर्नै पर्ने, आनाकानी उमेर कैदको सजाय

समयपोष्ट २०७७ कार्तिक ४ गते १७:१९

Advertisement

विश्वका हरेक देशमा विवाह गर्ने अलग–अलग संस्कृति हुन्छन् । कतै एक विवाह मात्र गर्छन् भने कतै एक भन्दा धेरै विवाह गर्न पनि अनुमति दिएका हुन्छन् । यसको साथै एक यस्तो देश छ जहाँ एक पुरुषले दुई महिलासँग विवाह गर्नै पर्छ । यस आदेशको पालना नगर्ने पुरुषले जेल जानु पर्छ ।

अफ्रिकी देश इरीट्रियामा पुरुषको लागि दुई विवाह गर्नु आवश्यक पर्छ । यसको कारण महिलाको अनुपातमा पुरुषको सख्या धेरै कम छ । यसैकारण एक पुरुषले दुई महिलासँग विवाह गर्नै पर्छ ।

त्यहाँको सरकारले यसको लागि कानुन पनि बनाएको छ । यस सरकारी कानुन नमान्ने पुरुषलाई सजाय पनि तोकिएको छ । यदि पुरुषले दुई विवाह नगरेमा जेल पनि जान सक्ने प्रावधान रहेको छ ।

साथमा पहिलो पत्नीले दोस्रो विवाहलाई लिएर कुनै प्रकारका आनाकानी गर्ने कोशिश गरेमा महिलालाई पनि उमेर कैदको सजाय तोकिएको छ ।

यस कानुुनको कारण देशमा दुई विवाह गर्ने पुरुषको संख्यामा लगातार वृद्धि भइरहेको छ । इरिट्रियाको यस्तो कानुनको विश्वका अन्य देशहरुले आलोचना गरिरहेका छन् । तर हालसम्म पनि इरिट्रियाले यो कानुनलाई फिर्ता लिन कुनै कदम चालेको छैन । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री