शुक्रबार, १४ वैशाख २०८१

हेलचेक्र्याइँले जान सक्छ ज्यान, घरमा कोरोना संक्रमित भए यी कुरामा ख्याल गर्नुहोस्

समयपोष्ट २०७७ कार्तिक ३ गते १५:५५

Advertisement

काठमाडौँ उपत्यका अहिले कोरोनाभाइरसको हटस्पट बनिसकेको छ ।

झन् नजिकिदो दशैँले उपत्यकामा कोरोनाभाइरस अझ तिव्र र तेब्बर गतिमा फैलिन सक्ने अनुमान स्वास्थ विज्ञहरुले गर्न थालिसकेका छन् । अहिलेनै अस्पतालहरुमा बेडको अभाव हुँन थालिसकेको छ । यस्तो अवस्थामा घर भित्रै बसेर आफुले आफुलाई जति सुरक्षित राख्नसक्यो त्यति राम्रो हुँने अवस्था छ ।

संक्रमण भैहाले के हुन्छ भनिहाल्न सकिने अवस्था छैन । दिर्घ रोग भएका बृद्ध बृद्धाले पनि कोरोना जितेर घर फर्किएको भन्ने आईरहदाँ दिर्घ रोग नै नभएका सोह्र सत्र बर्षका कलिला युवा युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ मन्त्रालयले जानकारी दिईरहेको छ । यस्तो अवस्थामा सुरक्षित रुपमा घर भित्रै बस्नुको विकल्पै छैन । यसरी सुरक्षित रुपमा बस्दा पनि कोरोना लागि हाले के गर्ने त ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन भन्छन्,”संक्रमण हुनेबित्तिकै समस्या हुने भन्ने होइन । तर संक्रमण भइसकेपछि जुनसुकै अवस्थाकोे सिर्जना हुन सक्छ । त्यसैले डाक्टरको फोन नम्बर, एम्बुलेन्सको फोन नम्बर सुरक्षित राख्नुपर्छ । तपाईं निरोगी भए पनि हेलचेक्र्याइँले मृत्युको मुखमा पुर्‍याउन सक्छ ।”

डा पुनका अनुसार यदी लहरे खोकी लागेमा, कफ धेरै भएर सास फेर्न गाह्रो भएमा वा शरीरमा अक्सिजनको कमी भएजस्तो महसुस भएमा सकेसम्म छिटो अस्पताल जानुपर्छ । संक्रमितलाई सास फेर्न गाह्रो भएको खण्डमा प्राथमिक उपचारको रूपमा नजिकै रहेको स्वास्थ्य संस्था वा क्लिनिकबाट अक्सिजन दिने व्यवस्था गरिहाल्नुपर्छ ।

डा पुनले हरेक संक्रमितले शरीरको अक्सिजन नाप्ने यन्त्र घरमै राख्नुपर्ने साथै अक्सिजन लेबललाई भने निगरानी गरिरहनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री