शुक्रबार, ७ वैशाख २०८१

काठमाडौँ उपत्यकामा कति थपिए संक्रमित ?

समयपोष्ट २०७७ कार्तिक १ गते १६:४४

Advertisement

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् । उपत्यकासहित देशभर थप ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै नेपालमा कुल संक्रमित १ लाख २९ हजार ३०४ पुगेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना पुगेका छन् । त्यसैगरी २४ घण्टामा १ हजार ८०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८९ हजार ८४० रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ६९ हजार ६०५परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १५ हजार ५३१ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७१५ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री