शुक्रबार, १४ वैशाख २०८१

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँट

समयपोष्ट २०७७ असोज ३० गते १०:३०

Advertisement

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँट भएको छ ।

शुक्रबार बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलको कार्यालयमा भएको बाँडफाँडमा ५ लाख ९० हजार ५८५ जना आवेदक शेयर पाउनबाट बञ्चित भएका छन् ।

कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्।

इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा ३ हजार ३६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

आइपीओमा ८ लाख ६३ हजार ५८५ आवेदनबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ता शेयर खरिदको लागि रितपुर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारलाई बाँडफाँड गरिएको हो।

कम्पनीले असोज २१ गतेदेखि २५ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री