बुधबार, १२ वैशाख २०८१

घरको ढोका फोरेर बलात्कार प्रयास गर्नेलाई महिलाले खुकुरीले काटिन्

समयपोष्ट २०७७ असोज २९ गते १२:४४

Advertisement

एक महिलाले बलात्कार प्रयास गर्ने पुरुषलाई खुकुरीले काटिदिएकी छिन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर १ मारेककटहरेकी ३० बर्षीया कमला गुरुङले स्थानीय लीलबहादुर गुरुङलाई खुकुरी प्रहार गरेर हत्या गरेकी हुन् ।

घटना मंगलबार राती करिब १० बजेको हो । राति घरमा आएर लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरेको र भित्रबाट नखोलेपछि बाहिरबाटै चुकुल उप्काई भित्र पसेर आफूमाथि बलात्कार प्रयास गरेपछि आफूले खुकुरीले हिर्काउँदा उनको मृत्यु भएको कमलाले प्रहरीलाई बयान दिएकी छिन् ।

लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको धनकुटा प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिनुभयो । राती ढोका फुटाएर आफुमाथि बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको महिलाले प्रहरीलाई बयान दिएकी छन् ।

महिलालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धानले बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको पुष्टि गरेको छ । प्रहरी प्रमुख गोबिन्द अधिकारीका अनुसार मृतक लीलबहादुरको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री