बिहीबार, २० वैशाख २०८१

अग्नि मोटो इंकले सार्वजनिक गर्‍यो जावा बाइक

समयपोष्ट २०७७ असोज २८ गते ७:४६

Advertisement

अग्नि मोटो इंकले क्लासिक लिजेन्ड्सको बहुप्रतिक्षित बाइक जावाको नेपालमा बिक्री सुरु गरेको छ । अग्नि मोटो इंक महिन्द्रा टु ह्वीलर्स एण्ड जेनेरेटर्सको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी हो।

ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठले बाइकको अनावरण गर्दै लामो समयको प्रतीक्षापछि जावा नेपालमा बिक्री सुरु भएको बताए ।क्लासिक बाइक नेपाली उपभोक्ताले रुचाउने उनले बताए। यो बाइक काठमाडौंको उत्तरढोका र टेकुमा शोरुममा जावा बाइक पाइनेछ। कम्पनीले देशैभरि शाखा र डिलर स्थापना गर्ने जनाएको छ।

कम्पनीले जावा सिंगल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजार ५ सय रुपैयाँ र जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ।

कम्पनीका अनुसार जावा–फोर्टी टु सिंगल च्यानल एबीएस र जावा–फोर्टी टु डुअल च्यानल एबीसीएसको मूल्य क्रमशः ६ लाख २० हजार रुपैयाँ र ६ लाख ४८ हजार रुपैयाँ मूल्य तोकिएको छ।

Advertisement

जावा ब्ल्याक, मरुन र ग्रे कलरमा उपलब्ध छ। जावा फोर्टी टु ६ रंगका भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। ल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुलाब्लु कलरमा छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री