शुक्रबार, ४ जेठ २०८१

कोरोना संक्रमणबाट अधिक तौल भएका व्यक्तिको मृत्यु हुने सम्भावना तीन गुणा बढी

समयपोष्ट २०७७ असोज २६ गते १४:१२

Advertisement

कोरोना भाइरस संक्रमणबाट स्वस्थ व्यक्ति भन्दा अधिक तौल भएका व्यक्तिको मृत्यु हुने सम्भावना तीन गुणा बढी हुँने एक अध्यनले जनाएको छ ।

बेलायतको सरकारी एजेन्सी पब्लिक हेल्थ इंग्ल्याण्डको प्रतिवेदन अनुसार कोरोनाबाट संक्रमित भएका व्यक्ति सामान्य तौल भएकालाई भन्दा अधिक तौल भएकाला भेन्टिलेटरको आवश्यकता पनि सात गुणा बढी हुने उल्लेख छ ।

बडी मास इन्डेक्स २५ भन्दा धेरै भएमा व्यक्तिको तौल धेरै भएको सम्झनु पर्छ । यस्ता व्यक्तिलाई कोरोना लागेमा जुनसुकै समयमा भेन्टिलेटर आवश्यक पर्ने अनुसन्धानको निष्कर्ष छ ।

बडी मास इन्डेक्स ३० देखि ३५ धेरै हुने व्यक्तिमा मृत्युको खतरा ४० प्रतिशतले बढ्ने निष्कर्षमा वैज्ञानिकहरु पुगेका छन् । बडी मास इन्डेक्स २५ भन्दा धेरै हुने व्यक्ति कोरोनाबाट गम्भीर बिरामी पर्ने सम्भावना दुई गुणा धेरै र मृत्युको खतरा तीन गुणा बढ्छ । भेन्टिलेटर आवश्यक पर्ने सम्भावना सात गुणा धेरै हुन्छ ।

Advertisement

अनुसन्धानले तौल धेरै भएकै कारणले कोरोना संक्रमणमा भने कुनै फरक नपरेको देखिएको छ । तौल धेरै भएका व्यक्तिले आफ्नो तौल जति घटाउँदै लैजान्छन् उति नै कोरोनाबाट बच्ने सम्भावना बढ्दै जाने अनुसन्धानको निष्कर्ष छ ।

पब्लिक हेल्थ इंग्ल्याण्डको रिपोर्टमा धेरै तौल हुने व्यक्तिको रेस्पिरेटरी सिस्टम अर्थात स्वासप्रश्वास प्रणाली प्रभावित हुन्छ । यसले मानिसको इम्युन सिस्टममा पनि प्रभाव पार्छ ।

वैज्ञानिकहरुको सुझाव अनुसार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको दोस्रो लहर आउने आशंकामा मानिसलाई आफ्नो तौल घटाउन आग्रह गरेको पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री