शुक्रबार, ४ जेठ २०८१

आँखा रातो हुने र सुन्निने पनि कोरोनाको लक्षण ! संक्रमणमुक्त ब्यक्तिको पुन: आँखामा भेटियो भाइरस

समयपोष्ट २०७७ असोज २५ गते १४:५२

Advertisement

चीनमा कोरोना संक्रमणबाट मुक्त भएको २ महिनापछि ६४ वर्षीया महिलाको आँखामा पुनः कोरोना भाइरसको संक्रमण् पुष्टि भएको छ ।

फेब्रुअरी १८ र २० मा गरिएका पुनः परीक्षणमा कोरोना रिपोर्ट नगेटिभ आएपछि डिस्चार्ज भएकी एक महिलाको ८ दिनपछि दाहिने आँखा दुख्न थाल्यो।

पहिलो पल्ट संक्रमण हुँदा ती महिलाको आँखामा समस्या देखिएको थिएन ।

फेब्रुअरी २८ तारिखपछि दुखाइ बढ्दै गएर उनको दृष्टि नै कमजोर बन्यो। दुखाइ सहन नसक्ने भएपछि ती महिला मार्च ८ मा पुनः अस्पतालमा भर्ना भइन्।

Advertisement

पहिला औषधि दिएर पीडा कम गर्ने प्रयास गरिए पनि आराम नभएपछि उनको आँखाको अपरेसन नै गरिएको चिकित्सकले बताएका छन्। चीनको वुहानस्थित सेन्टर थिएटर कमान्ड अस्पतलामा उनको आँखाको दुईपटक अपरेसन गरिएको हो। मार्च १४ मा दाहिले र १५ मा देब्रे आँखाको अपरेसन गरिएको अस्पतालले जनाएको छ।

सर्जरीपछि पनि आँखामा लगातार दबाब र पीडा भइरहेपछि अप्रिल १० अप्रिलमा पुनः अपरेसन गरियो । अपरेसन क्रममा उनका आँखाबाट लिएको टिस्युको नमुना परीक्षण गर्दा त्यसमा कोरोना भाइरसको प्रोटिन पाइयो। जामा अप्थेल्मोलोजी जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार बिरामीको ‘ओक्युलर मेनिफेस्टेसन’ समस्या देखियो। यस्तो अवस्थामा आँखा रातो हुने र सुन्निने गर्छ।

यसअघिको अध्ययनले आँखाको बाहिरी तह तथा आँशुमा पनि कोरोना भाइरस रहेको पत्ता लगाएको थियो। यहाँबाट पनि संक्रमण फैलिन सक्ने अनुसन्धानकर्ता बताउँछन्।

विभिन्न अध्ययनले यसअघि नै आँखा रातो हुनु र सुन्निनुलाई पनि कोरोनाको लक्षण मानेको छ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री