
सुनको मूल्य फेरी बढेको छ ।
आइतबार सुन तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ।
आइतबार चाँदीको भाउ पनि बढेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार चाँदी १२१९ रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा ११९५ रुपैयाँमा कारोबार भएको थियो ।










प्रतिक्रिया