
कोरोना संक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु भएको छ ।
दाङ घोराहीका १५ वर्षीय किशोरको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा गएराति मृत्यु भएको हो । घोराहीका ती युवकलाई प्लाज्मा थेरापी र अन्य औषधिबाट उपचार पनि गरिएको थियो ।
कोरोना संक्रमणका कारण ती किशोरमा निमोनिया देखिएको थियो । त्यसबाहेक उनमा अन्य कुनै रोग नरहेको अस्पतालले जनाएको छ ।









प्रतिक्रिया