थपिएका कोरोना संक्रमित मध्ये उपत्यकाका आधाभन्दा बढी

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका एक हजार ६८४ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisement

जसमा काठमाडौंका एक हजार २९६ जना, ललितपुरका २९३ जना र भक्तपुरका ९५ जना रहेका छन् । उपत्यकासहित आज देशभर तीन हजार ४३९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संख्या हालसम्मकै उच्च हो । यससंगै नेपालमा कोरोना सक्रमितको कुल संख्या ९४ हजार २५३ संक्रमितको संख्या पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संखया एक हजार १२६ रहेको छ । यसरी हालसम्म कोरोना मुक्त हुनेको संख्या ६८ हजार पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री