
कृष्ण वर्मा
२०६९ साल देखि विभिन्न कालखण्डमा गरिब र निमुखा जनताको लागि अनसन बस्दै आस्वसनले निराशा हुदा पनि निरन्तर आवाज उठाउने गरी जीवन र मरणको दोसाधमा अनसनरत प्रा.डा. गोबिन्द केसीलाई नमन । गरिबी र अशिक्षाले भन्दा अनियमितता, पूर्वाग्राही र भ्रष्ट्रचारले जरा गाडेको हाम्रो मूलुकमा विभिन्न काल खण्डमा विभिन्न समूह र व्यक्तले उल्लेखित तत्वहरुलाई निश्तेज पार्न आन्दोलन नगरेका भने होईनन् तर कुनैले त्यै आन्दोलनको भरमा फाईदा र स्वार्थ पूर्ती गरे ।
निस्वार्थ र पूर्ण रुपमा गरिबी र चिकित्सा क्षेत्रमा भएको ब्यापरीक शिक्षालाई सर्वसाधरणको पहुँचमा हुनु पर्छ भन्दै १९ औं पटकसम्म विभिन्न मागहरु राखी २०७७ साल जेष्ठ २९ गते देखि अनशनमा बसेका डा. केसीले भने भनेजत्तिकै उपलब्धि प्राप्त गराउन सकेका छैनन् । उनका माग उनका पुस्ता र सन्ततीलाई नभई आम ३ करोड नेपाली जनताका पक्षमा छन् । न त हामीले नेपालको शिक्षा बुझ्न सक्यौ न त उनका माग नै । हाम्रो शिक्षा भनेको हुने खानेहरुका लागि जगैदेखि वर्गीकृत गर्ने खालको छ त्यसैले पनि उनको मागमा सर्वसाधरणको ध्यान जान सकिरहेको छैन किन कि हामीलाई यो विश्वास छैन कि यो वा त्यो बाहानामा अनशनलाई तोडाए पनि कार्यान्वयन हुन सक्ने छैनन् । उहाँको समर्थनमा र विपक्षमा रहनु भएका हाम्रा नेतागण, सरकार पक्ष र विपक्ष उहाँले कहिले गरिब र दुखी जनताका लागि आन्दोलन गर्नु भएन रु खै तपाईहरुले उहाँसँग गर्नु भएका समझदारीहरुको कार्यान्वयनरु हामीले उहाँको गल्ती कसरी देखाउने रु तपाईहरुले यसलाई सधै पक्ष र विपक्षको रुपमा लिएर बादविवाद गरि राख्नु भएको छ । यो कहाँ सम्म नैतिकता हो रु हुन त देशको नीति नियम र कानुन बनाउने निकायमा हुनेहरुका लागि नैतिकताको हवला दिने हामी बेकुफ नै हौ ।
डा. केसीलाई सरकार र सम्बद्ध सबै मिलेर मर्न दिनु पर्छ । राज्यमा गरिबी र पहुँच नभएका जनताका लागि बोल्ने एक मात्र व्यक्तिलाई यस देशमा राख्नु हुदैन उनले पटक पटक अनशन बसेर केहि समर्थकहरुले उनको सिद्धान्तलाई मार्ग निर्देशन दिए भने हाम्रा नेता, संचालक र सरकारलाई यो काउछो बनि सधै चिलाई रहने छ । उनलाई किन मर्न नदिने मान्यजन हाम्रा सभासद तथा अकुत सम्पत्ति आर्जन गर्ने कर्मचारी, व्यापारी र नेतागणहरु के तपाईका सन्ततीले गरिब, पिछाडिएका र समाजमा हैसियत नभएका सोझा साझा सर्वसाधरण जनताका सन्ततीहरुसँग पढ्ने हो रु अनि तपाईहरुले उपचार गर्ने र गरिब जनताले उपचार गर्ने अस्पताल एउटै हुने यो हुनै सक्दैन, यो कुनै पनि मूलुकमा नभएको व्यवस्था गर्न उद्धत यी बुढालाई बाच्न दिएर तपाईहरुको घोर अपमान हुने छ । कहाँ तपाईहरुका सन्तती कहाँ देशका दुर दराजमा बस्ने हलो जोत्ने, भारी बोक्ने योग्य विद्यार्थीले पढ्ने शिक्षा एउटै हुने समानताको पनि हद हुन्छ नि हैन र रु यसरी लाखौ करोडौ नराखी पढ्न पाउने हो भने त्यो ब्रम्हालुट गरेको पैसा कहाँ राख्ने समस्या छ नि तपाईहरुलाई त, यसरी सबैका सन्तानहरुले सहजरुपमा डाक्टरी शिक्षा र सेवा पाए भने तपाईहरुले करोडौ तिरेर अध्ययन गरेका सन्ततीले के कमाउने, र तपाईहरुले कसलाई लुट्ने ।
यी बुढाले बुझेका कुरा अब जनताले बुझ्ने हुन थालेका छन् यसै गरी कुरा बुझेर तपाईहरुले उपचार र शिक्षाको नाउँमा असुल्दै आउनु भएको रकमको बास्तविकता बुझे भने त्यो बेला तपाईहरुको ईज्जत, पैसाको बलमा शिक्षा हासिल गरेका सन्ततीको क्षमता र योग्यतामा जनताले औला उठाउने छन् त्यसैले उनलाई मर्न दिनु पर्छ यि जस्ता मरेर देशमा जनताको कमी हुने हो रु पक्कै पनि होईन, यिनैको कारणले सरकारले थुप्रै आलोचना खेप्नु परेको छ, निशेधित क्षेत्र घोषणा गर्नु परेको छ, स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्नु परेको छ, विभिन्न प्रमुखहरुलाई अपहरण शैलीमा मन्त्रालय तान्नु परेको छ, सरकारमा हुँदा केही नगर्नेले अहिले यसैलाई मसला बनाउनु परेको छ । तपाईहरुले कति जना संचालकहरुसँग कति पैसा असुल्नु भएको छ, मैले तपाईको कलेजलाई सम्बन्धन दिलाउछु, यो गरि दिन्छु, मैले कहाँ त्यो गोबिन्देले भने जस्तै देशका कुना कन्दरामा लगेर मेडिकल कलेज खोल्न कहाँ दिन्छु भन्दै असुल गर्नु भएको पैसा कसरी फिर्ता गर्नु हुन्छ, तपाई नुनको सोझो हुन पनि उनलाई मर्न दिनु पर्छ ।
यिनैको कारणले सरकारले थुप्रै आलोचना खेप्नु परेको छ, निशेधित क्षेत्र घोषणा गर्नु परेको छ, स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्नु परेको छ, विभिन्न प्रमुखहरुलाई अपहरण शैलीमा मन्त्रालय तान्नु परेको छ, सरकारमा हुँदा केही नगर्नेले अहिले यसैलाई मसला बनाउनु परेको छ ।

सधै यसरी तपाईहरुको ईज्जतको धज्जी उडाउने बौलाहा डाक्टरलाई यो देशमा बाच्ने हक छैन मिल्छ भने सबै मिलेर गोली हानेर मारिदिनुहोस र हामीले एउटा होनाहार चिकित्सक गुमायौ, देशलाई ठूलो क्षती भयो भन्ने जस्ता आदर्श वाक्य राखेर विज्ञाप्ति निकाल्नुहोस ।
पैसा, पद र पहुँचका लागि दिउसै भौतिक वा नैतिक हत्या गर्नेहरुलाई बुढा भएका यी पागल डाक्टर मरेर तपाईहरुलाई केही हुदैन मर्न दिनुहोस । जनता त कति मरे कति कोही भोकले कोही रोगले कोही शोकले सब मरुन तर तपाईहरुको ईज्जत, सन्तती र संस्था र आस्था मर्न हुदैन । तपाईहरु कतिले यही बार्गेनिङ्गको भरमा करोडौ शेयर थाप्ने होला, बोलेकौ भरमा करोडौको शेयर हात पार्नु पर्छ यी मरेर केही हुदैन । सम्पत्ति त ईज्जत बेचेर भए पनि कमाउनु पर्छ अनि फेरी फेरी तपाईहरु यो पदमा हुनुहोला नहोला भएको बेला काम फत्ते गर्ने पर्छ यी मरेर केही हुदैन । सधै यसरी तपाईहरुको ईज्जतको धज्जी उडाउने बौलाहा डाक्टरलाई यो देशमा बाच्ने हक छैन मिल्छ भने सबै मिलेर गोली हानेर मारिदिनुहोस र हामीले एउटा होनाहार चिकित्सक गुमायौ, देशलाई ठूलो क्षती भयो भन्ने जस्ता आदर्श वाक्य राखेर विज्ञाप्ति निकाल्नुहोस । अझ सक्नु हुन्छ भने उहाँको मृत शरिरमा राष्ट्रको झण्डा ओढाउँदै उहाँको सपना साकार पार्ने आश्वसन गरिब जनतालाई दिनुहोला भलो यसैमा छ । कहाँ उहाँले भने जस्तो तपाईहरुको ईज्जत, मान मर्यादमा आँच आउने गरी निर्णय गरेर तपाईहरुको क्षेत्रमै नपर्ने गरिबी जनताको पक्षमा निर्णय गर्ने ।

आखिर तपाईहरुलाई गरिब जनताको चाहिने भनेको भोट नै हो त्यो पनि यसो वा त्यसो गरी आफ्नो पोल्टामा पार्न जान्नु भएको छ त्यसलाई पनि सके सम्म निर्णय गरेर बाचुन्जेल सम्म हुने गराए त टन्टै खलास कहाँ यी बाजेले भनेको मान्ने । तपाईहरुले कम्ता लगानी गरेर त्यहाँ पुग्नु भएको छ खाली दुखी जनताको उपचार र सेवामा तल्लिन यी डाक्टर बाजेलाई के थाहा तपाईहरुको क्षमता, लगानी र योगदान । तपाईहरुलाई यिनको आन्दोलनले कति प्रेसर छ होला बिचरा कहि कतै उनकै पक्षमा भै हाल्यौ भने के हुने होला भन्ने कत्रो चिन्ता छ होला ।
हामी सम्पूर्ण सरोकारवालाहरुले यिनका मागलाई सक्ने जति र जनतामूखी भएर राखेका मागहरु हरहालतमा पूरा गर्नु पर्छ । होईन भने उनलाई पटक पटक आश्वशन दिएर जनताका आँखामा छारो हाल्ने काम गर्नु राम्रो होईन ।
तपाईहरु भन्दा बढि पढे लेखेका कम जानेकाहरु उनैको पक्षमा लागेर #Iamwithdrkc भन्दै सामाजिक संजाल रंगाउँदा यिनीहरुलाई पनि मारौ मारौ जस्तो लाग्छ होला । यी सबैका जड भनेका यिनै बुढा हुन त्यसैले उनलाई बचाउने कि मर्न दिने भन्ने तपाई हामी लगयत सम्बद्ध सरोकारवालाहरुले बेलैमा सोच्नु श्रेयस्कर हुने छ न कि पछुताउने । त्यसैले तपाई हामी सम्पूर्ण सरोकारवालाहरुले यिनका मागलाई सक्ने जति र जनतामूखी भएर राखेका मागहरु हरहालतमा पूरा गर्नु पर्छ । होईन भने उनलाई पटक पटक आश्वशन दिएर जनताका आँखामा छारो हाल्ने काम गर्नु राम्रो होईन । कि यिनका माग जाहेज छैनन भने यिनलाई जेल कोच्नुहोस, जाहेज छन भने पुरा गरी कार्यान्वयन गर्नुहोस हैन भने यही महामारीको अवसरमा उहाँका सत्यग्रहलाई वेवास्ता गरी मर्न दिनुहोस, तर तपाई र सरकार बाच्नु पर्छ जसरी नि बाच्नु पर्छ ।










प्रतिक्रिया