शनिबार, ५ जेठ २०८१

सांग्रिला डेभलपमेन्ट बैंक र सि जि मोटो कर्पबीच सम्झौता, गाडी खरीदमा ५० प्रतिशतसम्म कर्जा सुविधा

समयपोष्ट २०७७ असोज २० गते १५:१७

Advertisement

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ललितपुरस्थित मुख्य कार्यालय रहेको सि जि मोटो कर्प प्रा.लिबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सि जि मोटो कर्प प्रा.लि.का तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक सिराज पन्तले हस्ताक्षर गर्नुुभएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले सुजुकी ब्राण्डको गाडीको आधिकारीक बिक्रेता सि जि मोटो कर्प प्रा. लि. बाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको ५० प्रतिशतसम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नुहुनेछ ।

यो सेवा बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट उपलब्ध हुँने बैंकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री