शनिबार, ५ जेठ २०८१

सन्राइज बैंक र आई एम ई मोटर्सबीच सम्झौता, ग्राहकहरुले ६० प्रतिशत सम्मको कर्जा सुबिधा पाउने

समयपोष्ट २०७७ असोज २० गते १५:०७

Advertisement

नेपालका लागि अशोक लेल्याण्ड ब्राण्डका विभिन्न सवारी साधनको आधिकारीक बिक्रेता आई एम ई मोटर्स प्राइभेट लिमिटेडद्वारा वितरित सवारी साधन खरीदमा सन्राइज बैंकले कर्जा प्रवाह गर्ने भएको छ ।

सो सम्बन्धि सम्झौतामा सन्राइज बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आई एम ई मोटर्सका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरेका छन् ।

सम्झौतासंगै ग्राहकहरुले सो कम्पनीको सवारी साधन खरीदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशत सम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ । कर्जाको मासिक किस्ता ई एम आईको आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । कर्जा बैंकले ३ कार्य दिन भित्र उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री