उपत्यकामा थपिए हालसम्मकै उच्च संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement

काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकासहित पछिल्लो २४ घण्टामा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ७८१ वटा पीसीआर परीक्षण गर्दा २ हजार ४४० जनामा कोरोना पुष्टि भएको हो ।

यससंगै कुल पीसीआर परीक्षण संख्या १० लाख ८८ हजार २२९ पुगेको छ भने नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ ।हाल सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ ।

सोमबार थप एक हजार १३३ जना डिस्चार्ज भएका छन् । यससंगै कुल डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ ।

हाल क्वारेन्टाईनमा ४ हजार ३९ जना छन् भने होम आईसोलेसनमा १२ हजार ३१६ जना संक्रमित छन् ।

Advertisement

हाल संस्थागत आईसोलेसनान ११ हजार १९१ जना संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री