असोज ३० देखि नेपाल–भारत फ्रेन्चाइज एक्स्पो हुने

भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज डट कमसँगको सहकार्यमा यहि असोज ३० देखि कार्तिक २ गतेसम्म दोस्रो नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सपो एन्ड कन्क्लेभ’ को आयोजना गर्ने भएको छ । उक्त तीन दिने सम्मेलनको आयोजना यसै कार्यक्रमका लागि विशेष रुपले तयार पारिएको 3-D टेक्नोलोजी सहितको भर्चुअल प्लेटफर्म मार्फत गरिनेछ ।

Advertisement

यस सम्मेलनको पहिलो संस्करण गत मे २०१९ मा सम्पन्न भयो जसले धेरै राम्रो प्रतिक्रिया पाएको थियो । सो सम्मेलनमा भारतका ७० तथा नेपालका २० वटा अग्रणी ब्राण्डहरुको सहभागीता थियो । नेपालका दुई हजार भन्दा बढी उद्यमीहरुको सहभागीता रहेको उक्त सम्मेलनले यी ब्राण्डहरुसँग सहकार्य तथा व्यापार विस्तार गर्ने अवसर प्रदान गरेको थियो । सो सम्मेलनमा ५० भन्दा धेरै व्यापार साझेदारी सहकार्य सम्पन्न भएको थियो ।

भारत र नेपाल त्यस्तो अर्थतन्त्र हो जहाँ स्टार्टअप व्यापार व्यवसाय तीव्र रुपमा बढिरहेको छ । नयाँ उद्यमीहरुलाई आफ्नो व्यापार व्यवसायलाई चाँडो सुरु गर्न अवसर प्रदान गर्ने भएकोले पनि यस्ता कार्यक्रमबाट दुवै तर्फका ब्राण्ड तथा फ्रान्चाइजहरुले प्रचुर मात्रामा लाभ उठाउन सक्छन् । साथै यस्ता कार्यक्रमले नव उद्यमीहरुलाई घरेलु अर्थतन्त्रमा सफलता हासिल गरेका ब्राण्डहरुसँग मिलेर कसरी आफ्नो ब्राण्डलाई अगाडि ल्याउनेबारे बुझ्न मद्दत गर्दछ ।

यस पटकको दोस्रो संस्करणको सम्मेलनले भारतका प्रतिष्ठित ब्राण्डलाई नेपालमा ल्याउन र नेपालका ब्राण्डलाई भारतमा पुर्याबउन मद्दत गर्नेछ । एक अर्काको अर्थतन्त्रमा यस्ता ब्राण्डहरुको प्रवेशले लगानी भित्राउने मात्र नभई प्रविधि तथा व्यवहारिक ज्ञानको आदानप्रदानलाई समेत प्रेरित गर्दछ ।

नेपालको व्यापारिक क्षेत्रसँग समृद्धिको पथमा सँगै हिड्न भारत प्रतिबद्ध रहन्छ र यो विश्वासलाई मूर्तरुप दिन यस्ता किसिमको कार्यक्रमा व्यवसायिक समुदायको उत्साहजनक उपस्थिति आवश्यक हुन्छ । आफ्नो ब्राण्डलाई अगाडि ल्याउन चाहनुहुने वा फ्रान्चाइजको खोजीमा हुनुभएका इच्छुक सबैले यस वेबसाइटमा गई दर्ता गराउन सक्नुहुनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री