दीर्घरोग नै नभएकी २५ बर्षिय युवतीको कोरोना संक्रमणबाट गयो ज्यान

कोरोना भाइरस संक्रमणबाट एक २५ बर्षिय युवतीको ज्यान गएको छ ।

Advertisement

नेपालगञ्ज उपमहानगरपालिका वडा नं.९ बाँकेकी २५ वर्षीया दीपा कुँवरको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार निधन भएको अस्पतालले जनाएको छ ।

उनको भाद्र ३० गते कोरोना पु्ष्टि भएको थियो । भेरी अस्पतालको आइसोलेसन वार्डमा उपचारत उनको स्वास्थमा समस्या आएपछि प्लाज्मा थेरापी र रेमडिसिभिर दिएर उपचार थालिएको अस्पतालले जनाएको छ ।

दीर्घरोग वा अन्य स्वास्थ्य समस्या नभएको उनको कोरोना भाइरस संक्रमणका कारण निमोनियाको देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री