शुक्रबार, १४ वैशाख २०८१

नेप्से परिसुचक ३.५१ अंकले घट्यो , ४४ करोडको सेयर  कारोबार

समयपोष्ट २०७४ कार्तिक १३ गते ९:२८

सोमबार नेप्से परिसुचक ३.५१ अंकले घटेर १५३६.७२ अंकमा झरेको छ । आज १ सय ५६ कम्पनीका १४ लाख कित्ता सेयर ४४ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । आज ज्योती बिकास बैंकको प्रमोटर सेयर सबैभन्दा बढी किनबेच भएको छ । 
आज जलविद्युत समुह ७.६१ अंकले बढेको छ भने अन्य उपसुचकहरु सबै घटेका छन् । आज बाणिज्य बैंक समुह उपसुचक १.३६,ब्यापार समुह उपसुचक ५.९१, होटल समुह उपसुचक २.१२, विकास बैंक समुह उपसुचक १२.८३,फाईनान्स समुह उपसुचक २.३२, बिमा समुह उपसुचक २.३२,उत्पादनमुलक समुह उपसुचक ९ र अन्य समुह उपसुचक २.८९ अंकले घटेको छ । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री