शुक्रबार, २१ फागुन २०७७

भन्सार छली ल्याइएका ३० लाख मूल्य बराबरका विद्युतीय उपकरण बरामद

समयपोष्ट २०७४ कार्तिक १३ गते ५:३१

भन्सार छली नेपालगञ्ज भित्र्याइएको ठूलो रकमको विद्युतीय (इलेक्ट्रोनिक्स) उपकरण प्रहरीले यहाँ बरामद गरेको छ । 

Advertisement

संघीय प्रहरी इकाइ कार्यालय नेपागञ्जबाट खटिएको प्रहरीे टोलीले बरामद गरेको उपकरणमा रु ३० लाख मूल्य बराबरका विद्युतीय मेसिन, पार्टस्सहित भारतीय नम्बर प्लेट युपी ३५ टी ७३०७ नं को ट्रकसमेत रहेको प्रहरीले सार्वजनिक गरेको छ । 

बरामद उपकरणमा चेन्सामेसिन, हाइड्रोलिक मेसिन, हेन्ड ग्रेटेलर, लेथमेसिन, हाइड्रोलिक कटर, वेल्डिङ मेसिन र डिसियम रहेको प्रहरी वरिष्ठ उपरीक्षक महेशविक्रम शाहले बताए ।

Advertisement

ट्रक चालक भारतको उन्नाउ ग्राम थाना सफिपुर निवासी २४ वर्षीय वीरेन्द्रकुमार पाल र २८ वर्षीय सहचालक नरेन्द्रलाई नियन्त्रणमा लिइएको छ भने सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री