शुक्रबार, १४ वैशाख २०८१

कार्यालय पुगेको पहिलो दिनमै हाकीमले गरे सेक्स गर्ने प्रयास, सिइओले राखे बारम्बार यौन प्रस्ताव

समयपोष्ट २०७४ कार्तिक १३ गते ४:१०

सिलिकन भ्यालीमा महिलामाथि कार्यक्षेत्रमै यौन दुव्र्यवहार भएको गुनासो बढेपछि ट्याक्सीनिर्माता कम्पनी उबरले तत्कालै अनुसन्धान गर्ने जनाएको छ । कार्यालयभित्रै महिलामाथि यौन दुव्र्यवहार भएको गुनासो बढेपछि सो कम्पनीले अनुसन्धान गर्ने जनाएको हो । कम्पनीकी एक पूर्व सफ्टवेयर इन्जिनियरले दुव्र्यवहारबारे खुलासा गरेपछि सो कम्पनीले अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको हो ।

Advertisement

सफ्टवेयर इन्जिनियर सुसन फउलेरलले कार्यालय पुगेको पहिलो दिनमै प्रबन्धकले सेक्स गर्ने प्रयत्न गरेको एउटा ब्लगमा उल्लेख गरेकी थिइन् । सुसनका अनुसार यौनसम्बन्ध राख्न अनुरोध प्रबन्धकले अश्लील सन्देश पठाएका थिए । प्रबन्धकको व्यवहार सिलिकन भ्यालीमा पकड जमाएको सो कम्पनीमाथिकै ठूलो झट्का थियो ।

सो कम्पनीमा काम गर्ने अन्य महिलाले पनि आफूहरूमाथि यौन दुव्र्यवहार भएको बताएपछि सुसनको दाबी सत्य भएको एक सर्वेक्षणमा खुलासा भएको छ । सर्वेक्षणअनुसार सिलिकन भ्यालीमा काम गर्ने महिलामध्ये ६० प्रतिशतमाथि दुव्र्यवहार भएको थियो । इलिफेन्ट इन द भ्याली नामक सर्वेक्षणमा सहभागी दुई सय २० महिलामध्ये ८७ जनाले आफूलाई सहकर्मीले तुच्छ टिप्पणी गरेको बताएका थिए । सहभागीमध्ये ४० प्रतिशतले आफूहरूमाथि कार्यालयमा दुव्र्यवहार भएको तर करिअर बिग्रने डरले सार्वजनिक नगरेको बताएका थिए । ‘कामको सुरुवातमै मलाई नियुक्त गर्ने कर्मचारीले यौन प्रस्ताव राखे,’ सहभागी एक युवतीले भनिन् ।

sex 12

कार्यालयका हाकिमले आफूसँग यौनसम्बन्ध राखे बढुवा गर्ने आश्वासन दिएको अर्की एक युवतीले बताएकी थिइन् । कार्यालयका सिइओले बारम्बार यौन प्रस्ताव गरेको अर्की सहभागीले बताएकी थिइन् । ‘मैले उसको प्रस्ताव अस्वीकार गरेपछि सिइओले मलाई काम गर्न असहयोग गरे,’ उनले भनिन् ।

लैंगिक विभेद गरेको भन्दै रिडिटका पूर्वसिइओ इलेन पाओले उजुरी गरेपछि कम्पनीमा कार्यरत महिला कर्मचारीमाथि सर्वेक्षण गरिएको थियो । पीडितहरूले सार्वजनिक रूपमा आफ्नै मुखबाट धेरै कुरा नखोलेकाले युवतीमाथि भएको दुव्र्यवहारबारे आकलन गर्न जटिल हुने सर्वेक्षणमा उल्लेख छ ।

कार्यकक्षमा यौन दुव्र्यवहारका घटना विश्वव्यापी रूपमा देखिन्छ । केही वर्षपहिले अमेरिकामा गरिएको एक अध्ययनमा ४१ प्रतिशत महिलामाथि दुव्र्यवहार हुने गरेको जनाइएको थियो । त्यस्तै, राष्ट्रसंघले गरेको अर्को एउटा अध्ययनमा युरोपेली मुलुकका ४० देखि ५० प्रतिशत महिलामाथि यौन दुव्र्यवहार हुने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री