शनिबार, १५ वैशाख २०८१

आँसुमा डुब्यो तिलाठी: छठ मनाएर फर्किएका आफन्त दुर्घटनामा

समयपोष्ट २०७४ कार्तिक १२ गते २:५७

धादिङको गजुरीमा शनिबार बिहान भएको बस दुर्घटनामा जिल्लाकै २५ जनाको मृत्यु भएपछि सप्तरी शोकमग्न बनेको छ । मिथिला क्षेत्रको महत‍्वपूर्ण पर्व छठ मनाएर फर्किएका आफन्त दुर्घटनामा परेको खबरसँगै सप्तरी आँसुमा डुबेको हो । 

Advertisement

दुर्घटनामा तिलाठी कोइलाडी गाउँपालिका १, तिलाठीका मात्रै एकै परिवारका चार जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता छन् । गाउँमा बिहानैदेखि रुवाबासी छ । पण्डित रमानाथ झाका जेठा छोरा सञ्जित, कान्छा छोरा अञ्जित, सञ्जितकी श्रीमती सिमी, उनका छोरा नौ वर्षीय अभिनवको मृत्यु भएको हो । सञ्जितका कान्छा छोरा तीन वर्षीय प्रतीक झा बेपत्ता छन् । परिवारै दुर्घटनामा परेको खबरले ९० वर्षीय रमानाथ र ८० वर्षीया निर्मला बेहोस छन् । निर्मलालाई सलाइन पानी चढाइएको छ । उनीहरूलाई छोरा, बुहारी र नातिहरू घाइते भएको मात्र जानकारी दिइएको छ ।

यसैगरी, सञ्जितका साला राजविराज-१६ का बिटु भनिने अनुज झा र ठूली सासूआमा चन्द्रावती झाको समेत ज्यान गएको छ । सञ्जितकी साली पूजाकुमारी झा अझै बेपत्ता छिन् । यसैगरी, बोदे बर्साइन नगरपालिका-३, मानराजाका शिक्षक चतुरनारायण प्रमाणीका छोरीहरू चन्द्ररेखा, चन्द्रलेखा, चित्ररेखा र चित्रलेखाको ज्यान गएको छ । 

यस्तै, अग्निसाइर कृष्णसबरन गाउँपालिका-४, बनौलीका योगेन्द्र यादवकी श्रीमती सुधिरा र छोरी पाँच वर्षीया समीक्षाको मृत्यु भएको योगेन्द्रका भान्जा विद्यानन्द बेदर्दीले जानकारी दिएका छन् । सैनिक मुख्यालयमा इन्जिनियर पदमा कार्यरत राजविराज-१३ का ऋषि आनन्द देव, बोदे बर्साइन-२ का आदित्य यादव, आशिकीकुमारी यादव, समीक्षाकुमारी यादव, बोदे बर्साइन-३ की मानवी यादव, बोदे बर्साइन-२ का सुरेन्द्र चौधरी, पशुपति चौधरी, शम्भुनाथका सुदीप चौधरी, राजविराज-१४ का आदित्य झा, बसका सहचालक राजविराज-१५ का नरेश मुखिया, नेंगडाका पार्वती चौधरी, सुशान्त चौधरी, नर्घो-३ का रामानन्द यादव, महदेवा-९ का प्रमोद इसरको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्नपूर्ण पोस्टबाटतस्विर पनि

प्रतिक्रिया

सम्बन्धित सामाग्री