शनिबार, ८ वैशाख २०८१

बिल गेट्सलाई पछि पार्दै बेजोस बने विश्वकै धनी व्यक्ति,कति छ उनको सम्पत्ती ?

समयपोष्ट २०७४ कार्तिक ११ गते ७:२७

जेफ बेजोस पुनः विश्वका सबैभन्दा धनी व्यक्तिको सुचीमा पर्न सफल भएका छन् । विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिईओ उनी अमेजन कम्पनीको शेयर मूल्यमा भएको बढोत्तरीसँगै संसारकै सबैभन्दा धनी ब्यक्ति बन्न सफल भएका हुन् । 

Advertisement

फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएका हुन् । 

अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै बेजोसको कूल सम्पत्ति ९० करोड डलरले बढ्दै ९० अर्ब ६० करोड पुगेको छ । यो वर्षमात्रै बेजोसको सम्पत्ति १० अर्ब २० करोडले थपिएको छ ।

यसअघि पहिलो स्थानमा रहेका गेट्सको सम्पत्ति  ९० अर्ब १० करोड डलर रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री