शुक्रबार, १४ वैशाख २०८१

ब्याजदर परिवर्तन गर्नेमा सिभिल बैंक पनि थपियो

समयपोष्ट २०७४ कार्तिक ८ गते १०:५९

सिभिल बैंकले कर्जा तथा निक्षेपको ब्याजदर बुधबार परिवर्तन गरेको छ । बैंककाे असोज मसान्तको आधार ब्याजदर ११.५५ प्रतिशत रहेकाे छ । बैंकले आधार दरमा न्यूनतम २ देखि अधिकतम ६.४१ प्रतिशतसम्म प्रिमियम थप गरि कर्जा परिचालन गर्ने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार साधारण बचतमा ६ .५० प्रतिशतदेखि ८ .५० प्रतिशत ,मुद्धतिमा ७ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने छ ।

Advertisement

बैंकले साधारण बचतमा सिभिल नेपाली खातामा अधिकतम ८ .५० प्रतिशत प्रतिशत व्याज प्रदान गर्नेछ । मेरो बचत, नारी बचत, किशोर बचत, आमाबुबा बचत, सिल्भर सेभिङ्ग, संस्थागत बचत, रेमिट बचत खातामा समान साढे ६ प्रतिशत ब्याज प्रदान गर्नेछ । नयाँ बचत खातामा ८.२५ प्रतिशत र अन्य खातामा ७ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

मुद्धति निक्षेपमा संस्थागत लगानीकर्तालाई त्रैमासिक अवधिका लागि ७ प्रतिशत र एक बर्षे अवधिका लागि ८ प्रतिशत ब्याजदर प्रदान गर्ने छ । व्यक्तिगत लगानीकर्ताका लागि तीन महिना अवधिका लागि ८ .५० प्रतिशत, ६ महिना अवधिको ९ प्रतिशत र ९ महिना अवधिको निक्षेपमा ९ .२५ प्रतिशत र एक बर्षभन्दा बढी अवधिको निक्षेपमा १० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

कर्जा परिचालन गर्दा सिभिल बैंकले आधार व्याजदरमा एक प्रतिशतदेखि ६.४१ प्रतिशतसम्म प्रिमियम थप गर्ने भएको छ । जस अनुसार बैंकले कर्जा प्रवाह गर्दा न्यूनतम १२.५५ प्रतिशतदेखि अधिकतम १७ .९६ प्रतिशतसम्म व्याजदर कायम हुने बताएको छ ।

सरकारी ऋणपत्रमा प्रदान गरिने कर्जामा आधार ब्याजदरमा एक प्रतिशत थप प्रिमियममै कर्जा उपलब्ध गराउने बैंकले उल्लेख गरेको छ । साना तथा सझौला कर्जामा आधार दरमा ५ .५ प्रतिशत। व्यक्तिगत सवारी कर्जा आधार मूल्यमा ५ प्रतिशत थप प्रिमियम दरमा उपलब्ध गराउने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

ओभर ड्राफ्ट कार्ड र सामूहिक जमानीमा कर्जा प्रवाह गर्दा सबैभन्दा बढी आधार ब्याजदरमा ६ .४१ प्रतिशत थप प्रिमियम लाग्नेछ । बैंकबाट सेयरधितो कर्जा लिने लगानीकर्ताले पाँच प्रतिशत थप प्रिमियम तिर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री