शुक्रबार, १४ वैशाख २०८१

पुनर्निर्माण प्राधिकरणका सीईओ पोखरेलको राजीनामा स्वीकृत, नयाँ सीईओमा पूर्वसचिव नियुक्त

समयपोष्ट २०७४ कार्तिक ६ गते ७:४०

सरकारले पुनर्निर्माण प्राधिकरणका सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सीईओ गोविन्दराज पोखरेलको राजीनामा स्वीकृत गरेको हो । पोखरेलको  राजीनामा स्वीकृत गरेसंगै सरकारले प्राधिकरणका सीईओमा पूर्वसचिव युवराज भुसाललाई नियुक्त गरेको छ । 

Advertisement

बैठकले पूर्वसचिव भुसाललाई तत्कालका लागि काम गर्ने गरी प्राधिकरणमा नियुक्त गरेको हो ।   भुसाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् ।  पोखरेलले शनिबार राजीनामा दिएका थिए । 

पोखरेल अहिले प्युठानबाट चुनाव लड्ने तयारीमा छन् । दशैंको बेला चुनावी गतिविधिमा संलग्न भएको पाएपछि निर्वाचन आयोगले सीईओ पोखरेललाई २४ घन्टाभित्र जिल्ला छाड्न भनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री