शुक्रबार, १६ चैत २०८०

सिद्दार्थ इन्स्योरेन्सले लगानीकर्तालाई २० प्रतिशत बोनस र ३५ प्रतिशत हकप्रद दिने

समयपोष्ट २०७४ कार्तिक ५ गते ६:४८

सिद्दार्थ इन्स्योरेन्सले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने र ३५ प्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ ।

Advertisement

इन्स्योरेन्स कम्पनिको कात्तिक १ गते बसेको १२३ औ संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीबाट ३५ प्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश प्रस्ताब बिमा समिति र कम्पनीको आगामी १६ औ बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। 

२० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ६४ करोड नाघ्नेछ। । ३५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात सिद्दार्थ इन्स्योरेन्सको चुक्ता पुंजी ८६ करोड ४४ लाख पुग्नेछ।  

हाल कम्पनीको चुक्ता पुंजी ५३ करोड ३६ लाख छ। कम्पनीले गत आर्थिक बर्ष २२ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री