बिहीबार, १३ वैशाख २०८१

केटी जिस्काउँदा मैह्पीमा गोली चल्यो, २३ बर्षीय कल्याण गुरुङ घाइते

समयपोष्ट २०७४ कार्तिक ५ गते ४:३८

राजधानीको मैह्पीमा आज बिहान साढे ४ बजे गोली चलेको छ । गोली लागेर गोरखा लाप्रक स्थायी घर भएका २३ बर्षीय कल्याण गुरुङ घाइते भएका छन् । उनको दाइने खुट्टको घुडा मुनि गोली लागेको छ ।

Advertisement

बा ५७ प ६९५७ नम्बरको स्कुटरमा सवार गुरुङलाई सेतो कारमा आएको समूहले म्हैपी बहती पोखरी नजिकै सडकमा गोली प्रहार गरेको महानगरीय प्रहरी परिषर, काठमाडौंका प्रमुख रबिन्द्र धानुकले जानकारी दिए ।

प्रहरीका अनुसार ठमेलको एक डिस्कोमा ती युवक (कल्याण गुरुङ) ले एकजना केटीलाई जिस्काएका थिए ।  केटीका केटा साथीहरुले गाडिबाट स्कुटरलाई पिछा गर्दै म्हैपी पुगेपछि स्कुटरलाई  रोकेर गुरुङलाई गोली प्रहार गरेका थिए ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई युवतीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
घाइते गुरुङको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था समान्य रहेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री