शुक्रबार, १४ वैशाख २०८१

काँग्रेसले ३२ वटै जिल्लाका उम्मेदवार टुंगो लगायो, नयाँ शक्तिलाई गोरखा २ र रसुवा (नामावली सहित)

समयपोष्ट २०७४ कार्तिक ५ गते ३:३०

नेपाली काँग्रेसले आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । 

Advertisement

काँग्रेसले संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा (प्रजातान्त्रिक)सँग चुनावी तालमेल गरेर उम्मेदवार टुंगो लगाएको केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिए । 

उम्मेदवारको टुंगो लगाउन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु शनिवार  साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए ।  स्रोतका अनुसार काँग्रेससँग चुनावी तालमेल गरेको नयाँ शक्ति नेपालले दुईवटा निर्वाचन क्षेत्र पाएको छ भने राप्रपा प्रजातान्त्रिकले एउटा मात्र निर्वाचन क्षेत्र पाएको छ । 

नयाँ शक्ति नेपालबाट गोरखा क्षेत्र नं २ र रसुवामा उम्मेदवार रहनेछन् । राप्रपा प्रजातान्त्रिकले पशुपतिशम्शेर राणालाई सिन्धुपाल्चोक–२ मा काँग्रेससँगको तालमेलमा उम्मेदवारी दिने भएको छ । 

राप्रपा र संघीय समाजवादी फोरमले भने प्रदेशसभा सदस्यमा मात्र उम्मेदवारी दिने बताइएको छ ।  काँग्रेसले जनतामाझ लोकप्रिय तथा निर्वाचनमा जित हासिल गर्न सक्ने कर्मठ, संघर्षशील र त्यागी व्यक्तिलाई उम्मेदवार बनाएको नेता महतले बताए। 

 उम्मेदवार 

ताप्लेजुङ कः लिलादेवी बोखिम
ताप्लेजुङ खः दिपेन्द्रकुमार सेन्दाङ

पाँचथर कः नरेन्द्रकुमार केरुङ
पाँचथर खः सुुरेन्द्र दाहाल

सोलुखुम्बु कः प्रकाशसिंह कार्की
सोलुखुम्बु खः आङगेलु शेर्पा

खोटाङ कः सुभाषकुमार पोखरेल
खोटाङ खः विष्णुकुमार राई

मनाङ कः चिन्ताबहादुर घले
मनाङ खः कर्मा गुरुङ

हुम्ला कः ठानबहादुर रोकाया
हुम्ला खः जीवनबहादुर शाही

जाजरकोट कः वेदराज सिंह
जाजरकोट खः दिपकजंग शाह

कालिकोट खः कालीबहादुर साहकारी

मुगु कः तिलकबहादुर
मुगु खः खड्ग शाही

ओखलढुंगा कः मित्रसेन दाहाल
ओखलढुंगा खः प्रदिपकुमार सुनुवार

बैतडी कः हरि मोहन भण्डारी
बैतडी खः प्रकाश सिंह कार्की

भोजपुर खः गोविन्दबहादुर कार्की

म्याग्दी कः गठबन्धन
म्याग्दी खः अमलाल फगानी

बाजुरा कः जनक गिरी
बाजुरा खः पदमबहादुर शाही

गोरखा १ कः धिरेन थापा १
गोरखा १ खः राजेन्द्र बजगाई

गोरखा २ कः नयाँ शक्ति
गोरखा २ खः प्रकाश दवाडी

धादिङ २ कः रमेश धमला
धादिङ २ खः गठबन्धन

धादिङ १ कः मधुकुमार श्रेष्ठ
धादिङ १ खः प्रभातकुमार सुवेदी

प्रतिक्रिया

सम्बन्धित सामाग्री