सोमबार, १७ फागुन २०७७

अन्न नखाइ कोही मानिस बाँच्न सक्छ ? तर मोरङका एक वृद्ध अन्न नखाइ ७५ वर्षदेखि बाँचेका छन्

समयपोष्ट २०७४ कार्तिक १ गते ४:३५

–गोपालप्रसाद पोखरेल 

Advertisement

अन्न नखाइ कोही मानिस बाँच्न सक्छ ? भनेर तपाइँलाई कसैलाई प्रश्न सोध्यो भने सायद तपाइँ सहजै भन्नुहुन्छ, नचाहिने कुरा, कहीँ त्यस्तो पनि हुन्छ र ? 

तर मोरङ जिल्लाको सुन्दर हरैँचा–७ निवासी ८२ वर्षीय जीवनाथ भट्टराईको सवालमा भने यही कुरा सत्य हो । उनी सात वर्षको उमेरदेखि अन्न नखाइ बाँचेका छन् । 

Advertisement

उनले सात वर्षको उमेरदेखि ६५ वर्षको उमेरसम्म कन्दमुल ९सक्खरखण्ड, तरुल, आलु आदि० मात्र खानुभयो । त्यसपछि कन्दमुल पनि छाडेर स्याउ मात्र खान थाले । उनले सातबर्षको उमेरदेखि नै नुन तेल पनि नखानुभएको उनका छोरा शीव भटृराईले जानकारी दिए। उनले सातवर्षकै उमेरदेखि आफ्नै ज्ञानले व्रतको रुपमा नै अन्न र नुन छोड्नु भएको पनि उनले बताए । 

विगत ६६ वर्षदेखि हालसम्म प्रत्येक दिन बिहान माता भगवतीको पूजाआजा पछि उसिनेको दुईवटा स्याउ छान्छन् र मध्यान्ह १२ देखि १ बजेको समयमा कैलो रङको गाईको मात्रै एक गिलास दूध पिउछन् । त्यसपछि फेरि बेलुका पूजाआजा पछि उसिनेको स्याउ खान्छन् । उनको प्रत्येक दिन नियमितरुपमा स्याउ र एक गिलास दूध पिएरै चल्ने गरेको छ । 

छिमेकी पुष्पराज आचार्यका अनुसार उमेरले ८२ पुगे पनि जीवनाथ खेती गर्ने बेलामा खेतमा आली लगाउने, बीउ काड्नेजस्ता काम समेत गर्दै आएका छन् । उनि भन्दछन्, “घर र खेतबारीको सबै काम गर्दै आएको छु मलाई खासै समस्या भएको छैन । उहाँको १० कट्ठा खेत छ । उहाँले मौसमअनुसार धान, मकै, तोरीलगायतका बाली लगाउने गर्नुहुन्छ । उहाँले आफ्नै घरमा एउटा भगवतीको मान्दिर स्थापना गर्नुभएको छ । उहाँले विगत केही वर्षदेखि अखण्ड दीप बाल्दै आउनुभएको छ । ’

सो मन्दिरमा नौरथा, मंसिरे पूर्णिमा, वैशाखे पूर्णिमा, जनैपूर्णिमामा मन्दिरमा दर्शन गर्नेको घुइँचो लाग्ने गरेको छिमेकी लवराज आचार्यले बताए । 

भुल्के, भोजपुरमा जन्मिएका भट्टराई कुलविकास प्रतिष्ठान, गोठगाउँको संस्थापक अध्यक्ष पनि हुन् ।  उनका तीन छोरा र एक छोरी छन् । उनी अरु तन्नेरीभन्दा कम छैनन् । युवाले जस्तै खेतबारीको काम गर्दछन  भने शारीरिक रुपमा समेत निक्कै तन्दुरुस्त देखिन्छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री