शुक्रबार, १६ चैत २०८०

नेप्से ४६.६२ अंकले बढ्यो , ६० करोड रुपैयाँ बराबरको सेयर किनबेच

समयपोष्ट २०७४ असोज ३० गते ९:२७

सोमबार नेप्से परिसुचक ४६.६२ बढेर १५६४.९० विन्दुमा पुगेको छ । यसदिन १ सय ६३ कम्पनीका १४ लाख कित्ता सेयर ६० करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज बैंक अफ काठमाडौ लिमिटेडको सेयर सबैभन्दा बढी किनबेच भएको छ । 

Advertisement

यसदिन ब्यापार समुह उपसुचक ४.२२ अंकले घटेको छ भने अन्य समुह उपसुचक सबै बढेका छन् । यसदिन बाणिज्य बैंक समुह उपसुचक ४८.६६,होटल समुह ७८.०५ ,बिकास बैंक समुह ५७.३६,जलबिद्युत समुह ५२.५५, फाईनान्स ९.९,बिमा २६४.७५ र अन्य समुह उपसुचक ०.२८ अंकले बढेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री