शनिबार, १५ वैशाख २०८१

प्रभु इन्स्योरेन्सको १९.२० प्रतिशत बोनस तथा ४६ प्रतिसत् हकप्रद प्रस्तावित

समयपोष्ट २०७४ असोज ३० गते ६:१५

प्रभु इन्स्योरेन्सले गत आर्थिक बर्षको कमाईबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आईतबार बसेको सञ्चालक समिती बैठकले १९.२० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । यसैगरी कम्पनीले १९.२० प्रतिसत् बोनश सेयर वितरण पश्च्यात कायम हुँने चुक्ता पुँजीको ४६ प्रतिसत् हकप्रद सेयर निश्कासन गर्ने प्रस्ताव समेत गरेको छ । 

Advertisement

 साथै कम्पनीले बोनसमा लाग्ने कर बापत १.०१ प्रतिसत् नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले कार्तिक २१ गते साधारण सभा डाकेको छ । 

कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको अनुमति पश्चात कम्पनीको आगमाी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख २४ हजार रुपैंया छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री