शुक्रबार, १६ चैत २०८०

कालिका पावर कम्पनीले १८ करोडको आईपिओ जारी गर्दै

समयपोष्ट २०७४ असोज २९ गते ८:१३

कालिका पावर कम्पनी लिमिटेडले १८ करोड रुपैयाँ बराबरको आईपिओ जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले गोरखाका आयोजना प्रभावितलाई ६ लाख कित्ता तथा आम सर्वसाधरणको लागि १२ लाख कित्ता सेयर जारी गर्ने भएको हो ।

Advertisement

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित गोरखा जिल्लाका लागि ६ करोडको तथा त्यसपश्चात सर्वसधारण र कर्मचारीलाई गरी १२ करोडको आईपिओ जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले पहिलो चरणमा स्थानीयको लागि ६ लाख कित्ता सेयर जारी गर्न धितोपत्र बोर्डमा अनुमती मागेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा काठमाण्डु क्यापिटल मार्केट र ग्लोबल आइएमइ क्यापिटल रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री