बिहीबार, १३ वैशाख २०८१

आइसक्रिम उत्पादनमा चिनले अमेरिकालाई उछिन्यो,बन्यो विश्वकै सवै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश

समयपोष्ट २०७४ असोज २७ गते ५:१०

अमेरिकालाई समेत जितेर चीन विश्वकै सवै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ । उत्तरी चीनको तियानजीन शहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालै मात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । 
गत सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ बेकरी एण्ड कन्फेक्सनरी इन्डस्ट्री’का प्रवक्ताले जानकारी दिएका छन् । 
उनलेले गत बर्ष चीनले अमेरिकाले भन्दा धेरै आइसक्रिम उत्पादन गरेको दावी गरे ।  बीस बर्ष अगाडी चीनमा हरेक व्यक्तिलाई एक लिटर आइसक्रिम पुग्थ्यो भने सन् २०१६ मा त्यो मात्रा बढेर तीन लिटरमा पुगेको छ । 
“अन्य विकसित देशको तुलनामा चीनमा आइसक्रिम उत्पादन गर्ने उद्योगहरू नयाँ नै छन्, त्यसैगरी घरघरमा पनि ठूलो मात्रामा उत्पादन हुन्छ,” उद्योगीहरूको एसोसिएसनका निर्देशक झु निअन्लीनले भने । 
यस बर्ष मात्रै चीनले चार सय ओटा आइसक्रिम प्रदर्शनी संचालन गरेको छ । रासस÷सिन्ह्वा

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री