शनिबार, ८ वैशाख २०८१

एनआरएनए अध्यक्षमा शेष घलेकी श्रीमतीले उम्मेदवारी दिने

समयपोष्ट २०७४ असोज २६ गते ८:४०

गैरआवाशीय नेपाली संघ (एनआरएनए) को ८औं बिश्व सम्मेलनमा बर्तमान अध्यक्ष शेष घलेकी श्रीमती जमुना गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छिन् । बिहिबार  राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । जमुनाको उम्मेदवारीसंगै आगामी शनिवारदेखि हुँने एनआरएनको चुनावमा उपाध्यक्ष भवन भट्ट र जमुना गुरुङको प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।  

Advertisement

घले २ कार्यकाल एनआरएनएको अध्यक्ष भइसकेका छन् । एनआरएनएको बिधान अनुसार एउटै ब्यक्ति २ कार्यकालभन्दा बढी अध्यक्ष बन्न पाइदैन । घले दम्पती अष्ट्रेलियाका धनाड्यको सूचीमा १०१ औँ स्थानमा छन्। उनीहरुको सम्पत्ति ६४ करोड ७० लाख अमेरिकी डलर बराबर रहेको फाइनान्सियल रिभ्युले जनाएको छ। शेष एनआरएनएमा दोस्रो कार्यकाल अध्यक्ष भएर आउँदो साता सम्पन्न हुने निर्वाचनबाट बिदा हुँदै छन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री