शुक्रबार, १४ वैशाख २०८१

अब दिनहुँ उड्नेछ राजधानीको आकाशमा यस्तो बेलुन

समयपोष्ट २०७४ असोज २५ गते ३:४१

आगामी फगुनको पहिलो सातादेखि कीर्तिपुरको आकाशमा एकाबिहानै नयाँ खालको बेलुन उड्नेछ । त्यो बेलुन कुनै कम्पनीको नयाँ उत्पादनको विज्ञापन नभई वायुमण्डलको हावापानी र बादको अवस्था जानकारी दिने रेडियो सोन्ड हुनेछ ।

Advertisement

हरेक बिहान ५ ४५ बजे उडाइने वेदर बेलुन जमिनबाट करिब २० किलोमिटर माथिसम्म पुग्नेछ । बेलुनले त्यहाँको तापक्रम, वायुको गति तथा दिशा, बादलको अवस्था सापेक्षिक आद्रतालगायतको अवस्थाबारे जमिन/सतहमा रहेको तथ्यांक संकलन गर्ने स्टेसन (डाटा सेन्टर) मा पठाउनेछ ।

ती तथ्यांकलाई प्राविधिकले कम्प्युटरमा डाउनलोड गर्नेछन् र पछि विश्लेषण गर्नेछन् । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री