शुक्रबार, १४ वैशाख २०८१

राजनीतिक ध्रुवीकरण समयको माग : प्रचण्ड

समयपोष्ट २०७४ असोज २२ गते ११:२३

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको माग अनुसार राजनीतिक दलहरु धु्रविकरणको दिशामा पुगेको बताएका छन् ।

Advertisement

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक धु्रविकरण समयको माग भन्दै विचार र सिद्धान्तको हिसावले पनि एमाले, माओवादी र नयाँ शक्तिबीचको धु्रविकरण सहि भएको बताए ।

उनले भने, ‘एउटै कम्युनिष्ट केन्द्र बनाउन उस्तै उस्तै विचार भएका दलहरुबीच धु्रवीकरण जरुरी थियो ।’  अध्यक्ष प्रचण्डले तीन पार्टीबीच गठबन्धन बनेलगत्तै देशभर गठबन्धनको लहर नै चलेको बताए । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पछिल्लो नियम, कानुन, ऐन र प्राविधिक कारणले पनि धु्रविकरण गर्न सहयोगि भुमिका खेलेको टिप्पणी गरे ।

फरक प्रसंगमा उनले २ नंम्बर प्रदेशको निर्वाचनपछि लगत्तै अर्को निर्वाचन भएको भए माओवादीले १ नम्बर पार्टी बन्ने दावी समेत गरे । उनले माओवादी परिवर्तनको प्रमुख बाहक भएको भन्दै सात नम्बर प्रदेश दुरीका हिसावले टाढा भएपनि समाजबाद निर्माणमा महत्वपुर्ण योगदान रहेको बताए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री