बिहीबार, १३ वैशाख २०८१

सार्वजनिक यातायातमा यात्रुको कन्तबिजोग, नियामक निकाय भने मुकदर्शक

समयपोष्ट २०७४ असोज १९ गते ३:३५

लामो तथा छोटो दुरीमा चल्ने सवारीसाधनले यात्रुलाई निकै सास्ती दिएको पाइएको छ । यात्राका क्रममा यात्रुले टिकट कोटे पनि सजिलै गन्तब्यमा पुग्न कठिन हुने गरेको छ । 

Advertisement

विशेषः चाडवाडका बेला सहज रुपमा यात्रुले यात्रा गर्न नपाएको गुनासो गर्दै आएका छन् । दशैंको समयमा धेरै यात्रा विभिन्न नाकाबाट राजधानी बाहिरिने गरेका छन् । यात्रुले टिकट काटे पनि टिकटमा उल्लेख गरिको सिटमा बस्न नपाउँद वादविवाद हुने गरेको देखिएको छ । सार्वजनिक सवारी साधानमा यात्रुले हैरानी खेप्नुपर्दा समेत नियामक निकाय मुकदर्शक भएर बसेको छ ।

यात्रमा क्रममा यात्रुले पाएको दुःखको बारेमा न त कतै अनुगमन हुने गरेको छ न त कसैलाई कारबाही नै भएको देखिएको छ । सरकार सिट क्षमताभन्दा बढी यात्रा गराउनेलाई जरिवानाको व्यवस्था गरे पनि कार्यान्वयन भने खासै भएको देखिँदैन । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री