बिहीबार, १३ वैशाख २०८१

हेल्मेट लगाएर चिकित्सक उपचारमा, बिरामी भने आश्चर्यमा

समयपोष्ट २०७४ असोज १९ गते ३:१३

सरकारले सुरक्षाको ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका छन् । चिकित्सकले हेल्मेट लगाएर उपचार गरेको देख्दा बिरामी आश्चर्यमा परेका छन् ।

Advertisement

बुधबार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले सुरक्षित रहनुपर्ने अवस्था सिर्जना भएको भन्दै आकस्मिक लगायत सबै उपचार गर्दा हेल्मेट लगाएका हुन् । 

सरकार र नेपाल मेडिकल एसोसिएसन (एनएमए­)बीच भएको सम्झौता व्यावहारिक नभएको भन्दै लामो समयदेखि आन्दोलित चिकित्सकले यसअघि एक सातासम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए । अन्नपूर्ण पोस्ट दैनिकबाट, तस्विर : उमा विष्ट /अन्नपूर्ण

प्रतिक्रिया

सम्बन्धित सामाग्री