बिहीबार, १३ वैशाख २०८१

रावणको अन्त्यपछि मन्दोदरीले के गरिन् ? तपाईलाई थाहा छ ?

समयपोष्ट २०७४ असोज १८ गते १०:१५

सुनको लंकाकी महारानी मंदोदरी रामायणको एउटा यस्तो पात्र हुन् जसलाई ठिकसंग कसैले चिनेका छैनन् । उनको पहिचान लंकापति रावणकी पत्नीसम्म मात्र सिमित राखिएको छ । त्यसपछि उनको अध्याय पनि त्यससंगै समाप्त भएको छ । अत्यन्त कमलाई मात्र रावणको मृत्यु पछि मन्दोदरीको के भयो भन्ने जानकारी छ । 
मन्दोदरी अत्यन्त सुन्दर र दयालु स्त्री रहेको रामायणमा उल्लेख छ ।रामायणको अनुसार जब रावणको वध हुन्छ मन्दोदरी स्वयंम रणभुमिमा पुग्छिन् । जब उनले आफ्नो पति ,पुत्र र आफन्तहरुहको शब रणभुमिका देख्छिन् उनी निकै विचलित हुन्छिन् । सोही समय रणभुमिमा उनको दर्शन श्री रामसंग हुन्छ । भगवान् रामले उनलाई विभिषणसंग विवाह गर्न सुझाव दिन्छन् । साथै मन्दोदरीलाई उनी लंकाकि महारानी र अत्यन्त बलशाली रावरणको विधवा भएको याद दिलाउछन् । त्यसपछि उनी लंका फर्किन्छिन् । पति र पुत्रको सोकमा आफुले आफैलाई महलमा कैद गर्छिन् । उनी सम्पुर्ण रुपमा बाहिरी दुनियाँबाट सम्पर्क तोड्छिन् । सोही दौरान विभिषणले लंकाको राजकाज सम्हाल्छन् । 
थुप्रै बर्षपछि मन्दोदरी महलबाट बाहिर आउँछिन् र विभिषणसंग विवाह गर्न राजी हुन्छिन् । मन्दोदरी र विभिषणकोे विवाह पश्चात दुवै मिलेर लंकाको साम्राज्यलाई सही दिशातर्फ अघि बढाउछन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री