शुक्रबार, १४ वैशाख २०८१

डेङ्गुले १५ दिनमा परिवार नै सखाप, तीन दिनको नवजात शिशुमात्र बाँकी

समयपोष्ट २०७६ कार्तिक १४ गते १६:३१

Advertisement

भारतमा डेङ्गुले १५ दिनको अवधिमा एकै परिवार लगभग समाप्त पारिदिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उक्त परिवारमा तीन दिनको नवजात शिशुमात्र जीवित बाँकी रहेको छ ।

नवजात शिशुकी आमाको समेत डेङ्गुकै कारण निधन भइसकेको छ ।

तेलङ्गाना मंचेयिरयल जिल्लाको उक्त परिवारमा सबैभन्दा पहिला ३० वर्षीय जी राजगट्टुलाई डेङ्गुको संक्रमण भएको थियो । पेशाले शिक्षक रहेका उनी बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा १६ अक्टोबरमा उनको निधन भएको थियो ।

त्यसपछि उनका ७० वर्षीय हजुरबुवा लिंगायलाई डेङ्गु संक्रमण भएको थियो । २० अक्टोबरमा उनको पनि निधन भयो ।

परिवारमा लगातार दुई जनाको निधनबाट शोकाकुल भएका सदस्यहरु शोकबाट उक्सिन नपाउँदै राजगट्टुकै ६ वर्षीया छोरी श्रीवर्षिनीलाई पनि डेङ्गु संक्रमण भयो । उपचारकै क्रममा २७ अक्टोबरमा उनको पनि निधन भयो ।

यसै क्रममा राजगट्टुकी गर्भवती पत्नी पनि डेङ्गुबाट जोगिन सकिनन् । डेङ्गु संक्रमणबाट पीडित उनको हैदरावादस्थित एक नीजि अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनले ३० अक्टोबर (बुधबार) उनको निधन भयो । निधनको एक दिनअघि मंगलबार उनले एक शिशुलाई जन्म दिएकी थिइन् । उक्त परिवारमा तीन दिने एक नवजात शिशुमात्र बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री