शुक्रबार, २१ वैशाख २०८१

हसाईबाट थाहा हुन्छ मानिसको स्वभाव

समयपोष्ट २०७६ कार्तिक ८ गते २०:४४

Advertisement

यसरी थाहा हुन्छ हसाईबाट मानिसको स्वभाव :-

१. खित्का छाडेर हाँस्ने व्यक्ति :–

जो व्यक्ति दिल खोलेर अर्थात खित्का छाडेर हाँस्छन्, त्यस्ता व्यक्ति निकै उत्साही प्रवृत्तिका हुन्छन् । त्यस्ता व्यक्तिको बौद्धिक क्षमता पनि सामान्य भन्दा बढी हुन्छ । यस्ता व्यक्ति निकै सहनशील पनि हुन्छन् । उनिहरुको मनमा कुनै पनि प्रकारको छलकपट हुँदैन । यतिमात्र होईन यस्ता व्यक्ति परेको बेला जे पनि सहयोग गर्न तयार हुन्छन् ।

२. जोड–जोडले आवाज निकालेर हाँस्ने व्यक्ति :

Advertisement

कोही व्यक्ति हाँस्दा जोड सँग आवाज निकाल्छन् । जो त्यसरी हाँस्छ त्यस्ता व्यक्ति निकै स्वाभिमानी तथा मेहनती हुन्छन् । प्राय यस्ता व्यक्ति जीवनमा सफल पनि हुन्छन् ।

३. मन्द मुस्कानसहित हाँस्ने व्यक्ति :-

जुन व्यक्ति मुसुक्क मुस्कुराएर हाँस्छन् उनीहरु निकै बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्ति चाँडो रिसाउँदैनन् । यीनिहरु कठिन समयमा धैर्यताका साथ आफ्नो काम सफल गर्छन् ।

४. रोकिएर हाँस्ने व्यक्ति :–

केही व्यक्तिको बानी रोकिने र हाँस्ने हुन्छ । समुन्द्रशास्त्र अनुसार, यस्ता व्यक्तिको बौद्धिक क्षमता सामान्य हुन्छ । यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिन्छन् । तर यसरी हाँस्ने व्यक्तिको बचत गर्ने बानी भने विशेष प्रकारको हुन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री