सोमबार, १७ वैशाख २०८१

एम्बुलेन्स नपाउँदा नायिकाको गयो ज्यान

समयपोष्ट २०७६ कार्तिक ७ गते १४:०४

Advertisement

समयमै एम्बुलेन्स उपलब्ध नहुँदा मराठी चलचित्रकी नायिका पूजा झुन्जरको मृत्यु भएको छ ।

२५ वर्षिया पूजासँगै उनले जन्म दिएको शिशुको पनि मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

पूजालाई मध्यरातमा प्रसव पीडा भएको थियो । पीडापछि पूजालाई मुम्बईको गोरेगाँवस्थित प्राथमिक चिकित्सा केन्द्र लगिएको थियो । पूजाले सोही अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । तर, शिशुको मृत्यु भैसकेको थियो ।

शिशुको मृत्युपछि डाक्टरले आफन्तलाई हिंगोली अस्पताल लैजान आग्रह गरे । जुन चिकित्सा केन्द्रबाट ४० किलोमिटर टाढा थियो । त्यहाँ पुग्नको लागि एम्बुलेन्सको आवश्यक पर्यो । तर, एम्बुलेन्स पाउन निकै गाह्रो भयो । धेरै समयपछि बल्ल एम्बुलेन्स त मिल्यो । तर बिडम्बना, अस्पतालमा पुर्याउनु अगाडि नै पूजाको निधन भैसकेको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री