सोमबार, १७ वैशाख २०८१

यस्तो तस्विर राखेपछि समातिए गायक भिटेन

समयपोष्ट २०७६ कार्तिक ७ गते १३:४२

Advertisement

र्‍यापर समिर घिसिङ अर्थात् भिटेन पक्राउ परेका छन् ।

उनी ‘हामी यस्तै न हो नि ब्रो’ बाट पछिल्लो पटक निकै चर्चामा आएका थिए । सोही गीतमा अश्लील शब्द प्रयोग गरेको र सोसल मिडियामा राखेको तस्बिरमा आधारमा उनलाई बिहीबार प्रहरीले जाउलाखेलबाट पक्राउ गरेको हो ।

भिटेनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा असोज २९ गते प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिर अपलोड गरेका थिए । उनको उक्त तस्बिरलाई २० हजार बढीले लाइक गरेका छन् भने एक हजार बढीले कमेन्ट गरेका छन् । यस्तै, उक्त तस्बिर १२ सय बढी पटक सेयर गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री