नेकपा सचिवालय बैठक : कात्तिक १० गतेभित्र उम्मेदवारहरुको नाम पठाउन प्रदेश कमिटीलाई निर्देशन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्बन्धमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीसँग परामर्श गरि ३ जनाको नाम सिफारिस गरि कात्तिक १० गते भित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

Advertisement

पार्टीको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचन क्षेत्रिय कमिटी नबनेको स्थानमा जिल्ला कमिटीले सिफारिस गर्ने तथा प्रदेशसभाको सदस्यको हकमा पनि त्यही कुरा लागु गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थानीय नगरपालिका वा गाउँपालिकाहरुको मेयर÷उपमेयर, अध्यक्ष÷उपाध्यक्षको उम्मेदवारका लागि भने सम्बन्धित गाउँ वा नगरकमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने पनि उनले जानकारी दिए । वडाको हकमा सम्बन्धित वडा कमिटी वा गाउ नगरकमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको चयन गर्न सक्ने गरि बैठकले निर्णय गरेको छ ।

बैठकले तीन जना सदस्य थप गर्दै संगठन विभागलाई विस्तार गर्ने निर्णय समेत गरेको छ । बैठकले संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरेको छ । यसअघि नै संगठन विभाग प्रमुखमा बामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मालाई सचिवालयले चयन गरिसकेको छ । पछिल्ला सदस्यसहित संगठन विभाग ५ सदस्यीय भएको छ । यद्यपि संगठन विभागले पुर्णता भने अझै पाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री