मंगलबार, ६ साउन २०८२

रात्रीक्लब : कलिला युवतीसँग सेक्स, च्याटमार्फत् भिडियो आदानप्रदान

समयपोष्ट २०७६ असोज २८ गते २०:३२

कम उमेरका युवतीसँग एकैसाथ धेरै पुरुषले सेक्स गरेको भिडियो बनाउने गरेको खुलेको छ । ती युवतीसँग यौन सम्पर्क गर्दै सेक्स भिडियो बनाउने र अरुलाई देखाएर रमाउने विलासीहरुका कारण कोरियाको गान्गनामस्थित रात्रीक्लबहरु विवादमा परेका छन् ।

कम उमेरका युवतीहरुको रात्री क्लबमा माग बढी हुनुमा त्यहाँ आउने परुषहरुको आवश्यकता पनि हो । यस विषयमा दक्षिण कोरियाको प्रहरीले गहिरो छानबिन शुरु गरेको जनाएको छ । युवतीहरुलाई लागूऔषधको सेवन गराएर हिंसात्मक शैलीमा यौनक्रिडा गरेका घटनाहरु सार्वजनिक भएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले गान्गनामको रात्रीक्लबका अध्यारा पाटाहरु खुलासा गर्न थालेका छन् ।

विदेशी महिलाहरुलाई समेत रात्रीक्लबमा राखेर जर्बजस्ती यौन सम्पर्क गर्न लगाउने गरेको खुलेको छ । रात्रीक्लबको भयावह घटनाहरु सार्वजनिक भइरहँदा चर्चित कलाकारहरु समेत मुछिएका छन् ।

महिलासँग यौन सम्पर्क गर्ने, सेक्स भिडियो बनाउने अनि साथीहरुलाई देखाउने संभ्रान्तहरु समेत भेटिएका छन् । सँसारकै चर्चित ब्यान्ड बिग ब्याङका सदस्य सिउङरी रात्रीक्लबको सेक्सकाण्डमा मुछिएका छन् ।

उनीमाथि यौनकर्मीलाई आफ्नो नाइटक्लब व्यवसायमा प्रयोग गरेर रकम आर्जन गरेको अभियोग लागेको छ ।

सिउङरीका सेलिब्रिटी साथीहरुमाथि पनि यौनभिडियो च्याटमार्फत् आदानप्रदान गरेको बारे समेत छाविन भएको छ ।

उनीहरुले महिलामाथि गरेको बलात्कारबारे समेत एक अर्कालाई जानकारी गराउँथे । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री