जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–४ भसमथली क्वाटोलमा रहेको उत्तम कुइँकेलको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनासहित जुवाखालबाट रु चार लाख १५ हजार बरामद गरेको हो ।

Advertisement

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महराजगञ्ज पठाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री